PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

स्वतन्त्रकी तोसिमाको उम्मेदवारी खारेजीविरुद्ध माइतीघरमा प्रदर्शन



पहिलोपोस्ट

स्वतन्त्रकी तोसिमाको उम्मेदवारी खारेजीविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्कीका समर्थकले निर्वाचन आयोगविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको माइतीघरमा तोसिमाका समर्थकले 'युवालाई साथ दिउँ, नयाँ युग पाउँ' प्ले कार्ड बोक्दै प्रदर्शन गरेका हुन्।

निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ ललितपुर ३ की उम्मेदवार डा. कार्कीको मनोनयन खारेज गरेपछि उनका समर्थक विरोधमा उत्रिएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो।

मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो। आयोगले उक्त पदलाई लाभको पदमा परिभाषित गरेको छ। कार्कीले मासिक पारिश्रमिक नपाए पनि बैठक भत्ता र अनुगमन लगायतका अन्य पारिश्रमिक लिने गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell