PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

रूपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु



पहिलोपोस्ट

रूपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु

बुटवल : रूपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सोमवार बिहान भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले ओमसतिया गाउँपालिका ४ पननीमा स्थानीयलाई ठक्कर दिँदा एक शिशुसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक श्यामु अर्यालले जानकारी दिए।

मृत्यु हुनेमा ओमसतिया ४ पननीकै १४ वर्षीया सिमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेका छन्। कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन्। घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।

छठ घाट जाने क्रममा स्थानीयलाई कारले ठक्कर दिएको थियो। ठक्कर दिएपछि गाडीसहित चालक पनि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। स्थानीयले तीव्र गतिमा आएको कारले ठक्कर दिएपछि पूर्वतर्फ भागेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell