PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगिन् तोसिमा



पहिलोपोस्ट

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगिन् तोसिमा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेकी छिन्। आयोगले प्रतिनिधिसभातर्फ ललितपुर ३ की उम्मेदवार डा कार्कीको मनोनयन खारेज गरेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा रिट दिएकी हुन्। रिट दर्ताको क्रममा रहेको बताइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो। मेडिकल काउन्सिलको निर्वाचित पदमा कार्यरत रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गरेको हो।

आयोगले उक्त पदलाई लाभको पदमा परिभाषित गरेको छ। कार्कीले मासिक पारिश्रमिक नपाए पनि बैठक भत्ता र अनुगमन लगायतका अन्य पारिश्रमिक लिने गरेको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैबिच, कार्कीका समर्थकले आयोगविरुद्ध प्रदर्शन गरेको छ। राजधानीको माइतीघरमा तोसिमाका समर्थकले ‘युवालाई साथ दिउँ, नयाँ युग पाउँ’ प्ले कार्ड बोक्दै प्रदर्शन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell