PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

प्रधानमन्त्री कप: नेपाल पुलिसको लगातार दोस्रो जित



पहिलोपोस्ट

प्रधानमन्त्री कप: नेपाल पुलिसको लगातार दोस्रो जित
Photo: CAN

काठमाडौं: प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज मुलपानी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले प्रदेश १ माथि जित निकालेको छ। ललितनारायण राजबंशीको सानदार प्रदर्शनको सहायतामा पुलिसले प्रदेश १ माथि ७ विकेटको फराकिलो जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले ३१.१ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन बनाएको थियो। प्रदेश १ का लागि ओपनर निरज मुखियाले २९ र अंकित सुवेदीले २४ रन बनाउँदै राम्रो सुरुवात दिए पनि त्यसपछिका ब्याट्सम्यान टिक्न नसक्दा टोली सामान्य स्कोरमा समेटिन पुग्यो। त्यसबाहेक विवेक आनन्द मेहेताले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

प्रदेश १ लाई सस्तै रनस्कोरमा समेट्न पुलिसका ललितनारायण राजवंशीले सर्वाधिक ५ विकेट लिए। त्यस्तै सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिँदा राशिद खानले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसले १४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। ओपनर सुनिल धमला डक आउट हुँदा अर्का ओपनर कुशल भुर्तेलले २८ बलमा ३ छक्का र ५ चौकाको सहायतामा ४२ रन बनाए। त्यस्तै शंकर रानाले २९ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह ऐरी १४ र राशिद खान १६ रनमा अविजित रहे। प्रदेश १ का फिर्दोस अन्सारी र सिद्दान्त लोहनीले समान १ विकेट लिए।

योसँगै समूह बी मा नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ भने प्रदेश १ ले पहिलो हार ब्याहोरेको छ। पहिलो खेलमा पुलिसले वाग्मती प्रदेशलाई हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell