PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गतेबाट



पहिलोपोस्ट

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गतेबाट

काठमाडौं : वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता कात्तिक १९ गते बाट सुरु हुने भएको छ। आज आयोजकले पत्रकार सम्मेलन गर्दै १९ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुने जनाएको हो।

प्रतियोगितामा पुरुष युगल र एकल, महिला युगल र एकल, पुरुष ३५ वर्षमाथि एकल र युगल, पुरुष ४५ वर्षमाथि एकल र युगल, पुरुष ५५ वर्षमाथि एकल र युगल र पुरुष ६५ वर्षमाथि एकल विधामा खेल हुनेछ। त्यस्तै, जुनियरतर्फ यू ८ एकल पुरुष महिला, यू ९ एकल पुरुष र महिला, यू १० एकल पुरुष र महिला, यू १२ एकल पुरुष र महिला, यू १४ एकल पुरुष र महिला र खुला पुरुष र महिला विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुष र महिला एकलमा प्रथम, दोस्रो र तेस्रो पुरस्कार ८० हजार, ४० हजार र २० हजार मिल्नेछ भने युगलमा ४० हजार, २० हजार र १० हजार रुपैयाँ मिल्नेछ। प्रतियोगिताका लागि ३२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell