PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

गुजरातमा पुल भत्किएर १३४ जनाको मृत्यु भएको घटनामा नौ जना पक्राउ



पहिलोपोस्ट

गुजरातमा पुल भत्किएर १३४ जनाको मृत्यु भएको घटनामा नौ जना पक्राउ
Photo: Sam Panthaky/AFP/Getty Images

भारतको पश्चिमी गुजरात राज्यमा आइतवार पुल भत्किएको घटनामा नौ जना पक्राउ परेका छन्। झोलुङ्गे पुल भत्किँदा १३४ जनाको मृत्यु भएको थियो।

पक्राउ परेकाहरू सबै गुजरातको विद्युतीय उपकरण निर्माता ओरेवासँग सम्बन्धित व्यक्तिहरु हुन् जसले हालसालै मोरबी सहरको २३० मिटर लामो उक्त पुलको मर्मत गरेका वरिष्ठ प्रहरी अधिकारी अशोक कुमार यादवले बताए। मर्मतपछि गत साता मात्रै पुल सर्वसाधारणको लागि खोलिएको थियो।

नौ जनामध्ये​दुई प्रबन्धक, दुई टिकट क्लर्क, दुई ठेकेदार र तीन सुरक्षा गार्ड रहेको यादवले जानकारी दिए। उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा विशेष अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको उनले बताए।

स्थानीय समय अनुसार आइतवार साँझ साढे ६ बजेतिर साँघुरो पुल भत्किँदा ३० बालबालिकासहित १३४ जनाको मृत्यु भएको थियो। गुजरातका गृहमन्त्री हर्ष संघवीका अनुसार त्यसबेला पुलमा करिब २०० व्यक्ति रहेको अनुमान गरिएको छ। पुलको एक छेउको तार चुडेर दुर्घटना भएको उनले बताए।

औपनिवेशिक युगको सो पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिश शासनको समयमा निर्माण गरिएको थियो। स्थानीय रूपमा जुल्टो पुलको नामले परिचित सो संरचना लोकप्रिय पर्यटक आकर्षण हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell