PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

लगातार दुई दिनको उडान रद्द भएपछि वायुसेवा निगमले माग्यो माफी



पहिलोपोस्ट

लगातार दुई दिनको उडान रद्द भएपछि वायुसेवा निगमले माग्यो माफी
फाइल फोटो।

काठमाडौं : आइतवार र सोमवार लगातार दुईवटा उडान रद्द भएको जनाउँदै नेपाल वायुसेवा निगमले माफी मागेको छ। क्षमापत्र जारी गर्दै एनएसीले यात्रुमा पर्न गएको असुविधा प्रति क्षमा मागेको हो।

उडान रद्द भएसँगै गन्तव्यमा पुग्न नसकेका यात्रुलाई वैकल्पिक उडान व्यवस्थापन गरिने निगमले जनाएको छ।

क्षमापत्रमा निगमले उडान रद्द हुनुको यथार्थ कारण भने खुलाएको छैन। नागरिक उड्डयन प्राधिकरणको विन्टर सेड्युल विपरीत उडान गरेको भन्दै निगमको आइतवारको उडान रद्द भएको थियो।

यो सँगै सोमवारको उडान पनि निगमले रद्द गरेको थियो। यो विषयलाई लिएर प्राधिकरण र निगमबिच बहस नै चलेको थियो।

सोमवार पर्यटनमन्त्री जीवनराम श्रेष्ठको संयोजकत्वमा सचिव, निगमका कार्यकारी अध्यक्ष र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीबिच छलफल भएको थियो। मन्त्री श्रेष्ठले दुईवटै निकाय समन्वय गरेर अघि बढ्न आवश्यक रहेको बताएका छन्।

निगमले तोकेको मितिबाट भैरहवाबाट उडान नगरेको भन्दै प्राधिकरणले आइतवारको उडान रद्द गरिदिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell