PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

‘छड्के २’मा अनमोलको ग्याङ्स्टर लुक, फागुन १९ गते रिलिज हुने



पहिलोपोस्ट

‘छड्के २’मा अनमोलको ग्याङ्स्टर लुक, फागुन १९ गते रिलिज हुने

काठमाडौं : अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले मंगलवार पोस्टर सार्वजनिक गर्दै फागुन १९ गतेका लागि रिलिज डेट घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा अनमोलको ग्याङ्स्टर लुक देख्न सकिन्छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल मुख्य भूमिका रहेको छ।

काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य रहेको छ। ६० दिनको छायांकन सेड्युलमा सिनेमाको चितवन र मुस्ताङमा छायांकन गरिएको थियो। फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन्।

यो फिल्म अब अन्य पाँचवटा फिल्मसँग भिड्नेछ। किनकी सोही मितिमा मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’, समुन्द्र भट्ट निर्देशित फिल्म ‘गुलाबी, र दीपकराज गिरीको ‘छक्का पञ्जा ४’ प्रदर्शन हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell