PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

पहिलोपोस्टकर्मी न्यौपानेलाई दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार



पहिलोपोस्ट

पहिलोपोस्टकर्मी न्यौपानेलाई दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार

विराटनगर : दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले पहिलोपोस्टकर्मी अनन्तराज न्यौपानेलाई पुरस्कृत गर्ने भएको छ। प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९’ बाट न्यौपानेलाई पुरस्कृत गर्ने भएको हो।

पुरस्कृत न्यौपाने विगत ३ दशकदेखि विराटनगर र प्रदेश १ लाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका छन्।

यसअघि उक्त पुरस्कार हरिबहादुर थापा, शिववहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भूषण दाहाललाई प्रदान गरिएको थियो।

त्यस्तै प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्ने ५१ हजार राशिको  ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७९’ वरिष्ठ कथाकार सनत रेग्मीलाई प्रदान गर्ने भएको छ।

बाँकेका रेग्मी विगत ६ दशकदेखि आख्यानका साधनामा क्रियाशील छन्।

यस अघि उक्त पुरस्कार साहित्यकारहरू प्रा. डा. गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल , डा. विष्णुविभु घिमिरे, एस्पी कोइराला र प्रा. चूडामणि बन्धुलाई प्रदान गरिएको थियो।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रूपकराज सुवेदीले स्थापना गरेको १५ लाख रुपैयाँको अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष दुबै पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिँदै आएको छ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलका अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कारको निर्णय गरेको हो। यस वर्षका पुरस्कारहरू आगामी मङसिर महिनामा एक समारोहको आयोजना गरी समर्पण गरिने प्रतिष्ठनका  महासचिव दिङ्लाली कान्छोले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell