PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

श्रीलंकासँग पराजय ब्यहोर्दै अफगानिस्तान बाहिरियो



पहिलोपोस्ट

श्रीलंकासँग पराजय ब्यहोर्दै अफगानिस्तान बाहिरियो
Photo: ICC

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह १ को खेलमा श्रीलंकाले अफगानिस्तानमाथि जित निकालेको छ। अस्ट्रेलियाको ब्रेसबनमा सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानमाथि ६ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। अफगानिस्तानका लागि ओपनर रहमनुल्ला गुर्बाजले सर्वाधिक २८ र उस्मान घानीले २७ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। त्यस्तै इब्राहिम जार्डनले २२ रन बनाउँदा नजिबुल्लाह जार्डनले १८, गुल्बदिन नाइबले १२ तथा कप्तान मोहम्मद नाबिले १३ रन बनाए।

बलिङतर्फ श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले सर्वाधिक ३ विकेट लिँदा लाहिरु कुमाराले २ विकेट लिए। त्यस्तै कसुन रञ्जिता र धनञ्जय डी सिल्भाले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले १८.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। श्रीलंकाका लागि धनन्जय डी सिल्भाले सर्वाधिक अविजित ६६ रन बनाउँदा कुशल मेन्डिसले २५, छरिथ असलंकाले १९ तथा भानुका राजापाक्षेले १८ रन जोडे।

हारसँगै ४ खेलबाट २ अंक जोडेको अफगानिस्तान सेमिफाइनलको होडबाट बाहिरिएको छ भने ४ अंक जोडेको श्रीलंका तेस्रो स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell