PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

अनिल केशरीको प्रश्न ओलीको जवाफ, घर फर्क भन्ने र यहाँ केही नहुनु त भएन नि ! (लाइभ)



पहिलोपोस्ट

अनिल केशरीको प्रश्न ओलीको जवाफ, घर फर्क भन्ने र यहाँ केही नहुनु त भएन नि ! (लाइभ)

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले प्रणालीलाई दोष दिएर उम्किन खोजेको आरोप लगाएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा ओलीले गठबन्धनको आलोचना गरेका हुन्।

'१६ महिना किना गठबन्धनले काम गरेन? प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएन भनेर, प्रणालीलाई दोष दिएर उम्किने प्रयास भयो,' उनले भने।

कार्यक्रममा ओलीसँग लाइभ डिबेट सेसन चलिरहेको छ। पूर्व बैंकर अनिलकेशरी शाहले ओलीलाई प्रश्न गरिरहेका छन्।

बढ्दो वैदेशिक रोजगारका प्रश्नबारे ओलीले पूर्वाधारको विकास, विद्युतको विकास र कृषिको आधुनिकिरण बिना त्यसलाई रोक्न नसकिने बताए।

'देश भित्रै युवा जनशक्ति राख्न कृषिको आधुनिकिरण हुनुर्पछ, व्यापार र बजारमा पहुँच हुनुपर्‍यो। घर फर्क भन्ने र यहाँ केही नहुने हो भने किन त्यस्तो भन्ने,' ओलीले भने।

ओलीले अर्थतन्त्रबारेको प्रश्नमा दुई वर्षभित्र नेपाली जनतालाई साक्षर बनाउनु आफूहरुको घोषणापत्रमा रहेको बताए। १०० खर्बको अर्थतन्त्र बनाउने आफूहरुको योजना भएको समेत उनले बताए।

'कृषिको व्यवसायीकरण गरिने छ। साना, मझौला तथा ठुला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने छ। पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गरिने छ। नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या ५ वर्षभित्र वार्षिक २५ लाख पुऱ्याइनेछ। कुल गार्हस्थ उत्पादन (जिडिपी) लाई आगामी पाँच वर्षभित्र रू. १०० खर्ब पुऱ्याइनेछ। नेपालीको औसत प्रतिव्यक्ति आम्दानी रु ३ लाख (२४०० अमेरिकी डलर) पुऱ्याइनेछ,' एमालेको घोषणापत्रमा उल्लेख छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell