PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

रुपन्देहीमा ५ जनालाई ठक्कर दिएर फरार गाडीसहित चालक समातिए



पहिलोपोस्ट

रुपन्देहीमा ५ जनालाई ठक्कर दिएर फरार गाडीसहित चालक समातिए

बुटवल : रुपन्देहीको ओमसतिया गाउँपालिका ४ पननीमा सोमबार बिहान स्थानीय ५ जनालाई ठक्कर दिएपछि फरार रहेको गाडीसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ।

रुपन्देहीको रोहिणी गाउँपालिका ३ का अजयकुमार चौधरीले चलाएको बा ८ च ६५३२ नम्वरको गाडीले ठक्कर दिई दुर्घटना गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। प्रहरीले उक्त गाडी सिद्धार्थनगर नगरपालिका ४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा फेला पारेको हो। चालक चौधरीलाई भने गल्लामण्डीस्थित बजारबाट नियन्त्रणमा लिइएको डीएसपी अर्यालले बताए।

भैरहवा–परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको गाडीले सोमबार बिहान छठ घाट जाँदै गरेका ५ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा ३५ दिने शिशुसहित तीनजनाको मृत्यु भएको थियो। दुर्घटनामा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिने एक शिशुको मृत्यु भएको थियो। सोही दुर्घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मञ्जु कुर्मी घाइते भएका छन्। उनीहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell