PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

चुलो-चुलोमा ग्यास किन पुगेन? भन्नेलाई ओलीको जवाफ : अब चुलो-चुलोमा विद्युत



पहिलोपोस्ट

चुलो-चुलोमा ग्यास किन पुगेन? भन्नेलाई ओलीको जवाफ : अब चुलो-चुलोमा विद्युत

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब चुलो-चुलोमा ग्यास नभई चुलो-चुलोमा विद्युत पुर्‍याउने आफूहरुको लक्ष्य रहेको बताएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागीले अघिल्लो चुनावमा गरेको वाचा सम्झाएपछि उनले यस्तो जवाफ दिएका हुन्। नाकाबन्दीमा ग्यासबाट पीडित भएको बेला चुला-चुलामा ग्यास भन्ने कुरा आएको उनको भनाइ थियो।

उनले भने, ‘अहिले यही कुरालाई लिएर एमालेविरुद्ध ठूलै हतियार भेटिए झैं गर्छन्। चुला-चुलामा ग्यास पुर्‍याउने काममा हामी लाग्छौँ। अब आफ्नै उत्पादन विद्युत चुलो-चुलोमा पुर्‍याइनेछ। त्यसतर्फ हामी लाग्छौँ।’

मंगलवार सार्वजनिक घोषणापत्रमा ओली नेतृत्वको सरकार हुँदा गरेका कामहरु उल्लेख गरिएका छन्। ४२ वटा 'माइलस्टोन'सहित घोषणा पत्रमा २० वटा ग्यारेन्टी सार्वजनिक गरिएको छ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीसँग लाइभ डिबेट गर्ने कार्यक्रम थियो। सो क्रममा पूर्व बैंकर अनिल केशरी शाह र अन्य केही सहभागीले प्रश्न गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell