PahiloPost

Apr 26, 2025 | १३ बैशाख २०८२

कालिकोटमा भएको बम विष्फोटको घटनामा मानव अधिकार आयोगले सुरु गर्‍यो स्थलगत अनुगमन



पहिलोपोस्ट

कालिकोटमा भएको बम विष्फोटको घटनामा मानव अधिकार आयोगले सुरु गर्‍यो स्थलगत अनुगमन
फोटो : राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले कालिकोटमा भएको बम विष्फोटको घटनाको अनुगमन सुरु गरेको छ। घटना सम्बन्धमा आयोगले सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै स्थलगत अनुगमन गर्न टोली पठाएको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिए।

कालिकोटको तिलागुफा नगरपालिका-१० मा मिति २०७९ कात्तिक १२ गते बम विष्फोटमा परी २ जना बालिकाको मृत्यु भएको थियो भने ३ जना बालबालिका घाइते भएका थिए।

यस प्रकारका घटनाहरू विगतदेखि नै भइरहेको सन्दर्भमा यसलाई संवेदनशील रूपमा लिई घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, घाइते बालबालिकाहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न, आगामी दिनमा यस्ता घटना नदोहोरिने वातावरणको सुनिश्चितता गर्न तथा व्यक्तिको जीवनको अधिकार संरक्षण गर्ने गराउने कार्यमा संवेदनशील हुन आयोगले नेपाल सरकार र सम्बद्ध निकायलाई आग्रह समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell