PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

रुपन्देही २ का कमल भुसालको उम्मेदवारी खारेज



पहिलोपोस्ट

रुपन्देही २ का कमल भुसालको उम्मेदवारी खारेज

बुटवलः रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका डा कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ।

न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले हाम्रो नेपाली पार्टीका भुसालको रिट खारेज गर्ने फैसला गरेसँगै उम्मेदवारी पनि खारेज भएको हो।

मंगलबार श्रेष्ठ र ढुंगानाको संयुक्त इजलासलले उक्त मुद्दाको रिट खारेज हुने फैसला गरेका थिए। सरकारी छात्रवृत्तिमा एमडी अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा भुसालले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो।

आयोगको निर्णयविरुद्ध भुसालले सर्वोच्चमा रिट दायर गरेका थिए। रुपन्देही २ मा यसअघि नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी पनि निर्वाचन आयोगले खारेज गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell