PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

टोटेनहम समूहको शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा



पहिलोपोस्ट

टोटेनहम समूहको शीर्षस्थानमा रहँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा
Photo: UEFA

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा फ्रेन्च क्लब मार्सेलीलाई हराएसँगै इङ्ग्लिस क्लब टोटेनहम हट्सपर समूह 'डी' को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। स्टेड भेलोड्रोममा गएराति सम्पन्न खेलमा टोटेनहमले घरेलु टोली मार्सेलीलाई २-१ गोलअन्तरले हराएको थियो।

पहिलो हाफको इन्ज्युरी समयमा मार्सेलीले छान्सेल म्यानगुलुको गोलमा अग्रता बनाएको थियो। तर, ५४ औं मिनेटमा टोटेनहमका क्लिमेन्ट लेनग्लेटले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै इन्ज्युरी समयमा पिअरे इमाइल होजबर्गले गोल थप्दा टोटेनहमले २-१ गोलको पुनरागमन जित निकाल्न सफल भयो।

त्यस्तै गएराति नै सम्पन्न समूह 'डी'कै अर्को खेलमा जर्मन क्लब फ्रान्कफर्टले पोर्चुगिच क्लब स्पोर्टिङ लिस्बनलाई २-१ गोलअन्तरले हरायो। योसँगै समूह 'डी' बाट टोटेनहम र फ्रान्कफर्ट अन्तिम १६ मा प्रवेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell