PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

निर्वाचनपछिको सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार : प्रकाशमान सिंह



पहिलोपोस्ट

निर्वाचनपछिको सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार : प्रकाशमान सिंह
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनपछि सरकारको पहिलो दायित्व अर्थतन्त्रमा सुधार ल्याउनु भएको बताएका छन्। हाल देखिएको आर्थिक अवस्था चिन्ताजनक रहेकाले यसमा सुधार ल्याउनु कांग्रेसको मुख्य दायित्व रहेको सिंहले बताए।

बुधवार बिहान मतदातासँगको भेटमा विद्यमान ऐन कानुनका कारण अर्थतन्त्रमा समस्या देखिएको गुनासो उद्योगी व्यवसायीबाट आइरहेको उल्लेख गर्दै नेता सिंहले यसमा आवश्यक सुधार गर्न कांग्रेस तयार रहेको भनाइ राखे।

हाल मुलुकमा राजनीतिक अस्थिरताका कारण नागरिकले चाहे जस्तो सेवासुविधा प्राप्त गर्नसमेत नसकेकोबारे आफू जानकार रहेको उनले बताए। जनचाहाना अनुरुप काम गरेर देखाउन स्थिर राजनीतिक अवस्था कायम गर्नुपर्ने र यसका लागि कांग्रेसलाई मत दिनसमेत उनले आग्रह गरे।

मुलुकको शासन व्यवस्थापनमा सबै दलहरु टेस्टेड भैसकेकाले संकटमा कांग्रेसबाहेक अरुले जिम्मेवारी बहन गर्न नसक्ने कुरा प्रमाणितसमेत भएको उनको दाबी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell