PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मन्नतअगाडि मध्यरातमै ‘ह्याप्पी बर्थडे’ भन्न पुगे फ्यानहरु, शाहरुखले सिग्नेचर पोजमार्फत दिए धन्यवाद



पहिलोपोस्ट

मन्नतअगाडि मध्यरातमै ‘ह्याप्पी बर्थडे’ भन्न पुगे फ्यानहरु, शाहरुखले सिग्नेचर पोजमार्फत दिए धन्यवाद

बलिउड अभिनेता शाहरुख खानको आज ५७ औँ जन्मदिन। बलिउडमा बादशाहका रुपमा परिचित शाहरुखको जन्मदिन फ्यानका लागि कुनै चार्डपर्वभन्दा कम हुँदैन। त्यसैले त मध्यरातदेखि नै खानको घर मन्नतबाहिर जन्मदिनको शुभकामना दिने फ्यानहरुको ठूलो भिड थियो।

उनका फ्यानहरु नोभेम्बर २ मध्यरातदेखि नै घरबाहिर जम्मा हुन थालेका थिए। हातमा ‘ह्याप्पी बर्थडे शाहरुख’ लेखिएको पोस्टर बोकेर फ्यानहरुले उनको फिल्मको गीतहरु गाएर रमाएका थिए। अनि एकैस्वरमा गुञ्जियो ‘शाहरुख… शाहरुख… शाहरुख’। फ्यानहरुको यो माया शाहरुखका लागि पनि विशेष थियो।

शाहरुख छोरा अबरामसँग घरबाहिर निस्किए। घरको बार्दलीबाट आफ्नो फ्यानहरुलाई उनले धन्यवाद दिए। साथै उनी आफ्नो सिग्नेचर पोज दिन समेत भ्याए। जुन भिडियोहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

शाहरुखको मुख्य भूमिका रहेको फिल्म ‘पठान’ सन् २०२३ जनवरी २५ मा रिलिज हुँदैछ। यसै फिल्ममार्फत शाहरुखले चारवर्षपछि कमब्याक गरेका हुन्। किनकी सन् २०१८ मा रिलिज भएको फिल्म ‘जिरो’ पछि शाहरूख पर्दामा देखिएका छैनन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell