PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको ९३ हजार ६ सयमा कारोबार



पहिलोपोस्ट

सुनको मूल्य ५ सय रुपैयाँले बढेर तोलाको ९३ हजार ६ सयमा कारोबार

काठमाडौं : सुनको मूल्य थोरै बढेको छ। बुधवार तोलामा ५ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलवार तोलामा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधवार तोलामा १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय २५ रुपैयाँ कायम भएको छ। मंगलवार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि बुधवार सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतिऔंस १६५०.४१ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९ ६४ डलर छ। मंगलवार सुन प्रतिऔंस १६३८ ३५ डलर र चाँदी प्रतिऔंस १९ ४६ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell