PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

‘पठान’को टिजरमा शाहरुख र जोनबिचको टकराव



पहिलोपोस्ट

‘पठान’को टिजरमा शाहरुख र जोनबिचको टकराव

शाहरुख खानको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘पठान’को टिजर सार्वजनिक भएको छ। शाहरुखको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको टिजर एक्सन र थ्रिलरले भरिपूर्ण छ।

टिजरमा शाहरुख खान र जोन अब्राहमबिचको टकराव र एक्सन दृश्यहरु देख्न सकिन्छ। फिल्ममा शाहरुख खुफिया एजेन्सीको गुप्त एजेन्टको भूमिकामा देखिनेछन्, जसले देशको मिसन पूरा गर्न आफ्नो ज्यान जोखिममा पार्नेछन्। साथै दीपिका पादुकोण पनि टिजरमा अटाएकी छिन्।

सिद्धार्थ अन्नद निर्देशित यस फिल्ममा शाहरूख, जोन र दीपिकाका साथै डिम्पल कपाडिया, आशुतोष राणा र सलमान खानको अभिनय रहेको छ। यो फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell