
टी २० विश्वकप अन्तर्गत आज सम्पन्न समूह २ को खेलमा नेदरल्याण्ड्सले जिम्बावेलाई हराएको छ। अस्ट्रेलियाको एडिलेड स्टेडियममा सम्पन्न खेलमा नेदरल्याण्ड्सले जिम्बावेमाथि ५ विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको जिम्बावेले सिकन्दर राजाको सर्वाधिक ४० रन र सिन विलियम्सले २८ रनको सहायतामा १९.२ ओभरमा सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो। जिम्बावेलाई सस्तै रनस्कोरमा समेट्न नेदरल्याण्ड्सका पउल भान मीकेरनले ३ विकेट लिँदा ब्रान्डन ग्लोबर, लोगन भान विक र बस डी लिडले समान २ विकेट तथा फ्रेड क्लास्सेनले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले म्याक्स ओडाउडको ५२, टोम कुपरले ३२ तथा बस डी लिडको अविजित १२ रनको सहायतामा १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। बलिङतर्फ जिम्बावेका रिचार्ड एनगारभा र ब्लेसिङ मुजराबानीले समान २ विकेट र लुक जोङवीले समान १ विकेट लिए पनि नेदरल्याण्डलाई जितबाट रोक्न सकेनन्।
समूह २ मा ४ खेल खेल्दा नेदरल्याण्ड्सको यो पहिलो जित हो। समान खेल खेलेको जिम्बावे ३ अंक जोडेर तालिकाको चौथो स्थानमा छ।