PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस जारी रहने



पहिलोपोस्ट

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस जारी रहने

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बत्लाकार मुद्दाको बहस भोलि पनि जारी रहनेछ। आज सरकारी वकिलहरुले इजलासमा बहस गरेका थिए। मुद्दा आज हेर्दाहेर्दैमा परेको छ।

सरकारी वकिलहरुको बहस सकिएपछि सन्दीपका वकिलहरुले बहस गर्नेछन्।

जबर्जस्ती करणी उद्योगमा सन्दीपमाथि १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ।

१७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो। भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।

त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell