PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

एसी मिलान आठ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा



पहिलोपोस्ट

एसी मिलान आठ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा
Photo: GETTY IMAGES

साल्जबर्गलाई ४-० ले हराउँदै एसी मिलान आठ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। मिलानको जितमा ओलिभर जिरुडको दुई गोल र एक असिस्ट महत्वपूर्ण रह्यो।

इटालियन टोलीलाई अन्तिम १६ मा पुग्न समूह ‘ई’ को अन्तिम खेलमा हारबाट जोगिए पुग्थ्यो भने साल्जबर्गलाई जित्नै पर्ने बाध्यता थियो।

४६ औँ मिनेटमा रेड क्रुनिकको गोलमा असिस्ट गर्नुअघि जिरुडले १४ औँ मिनेटमा हेडिङमार्फत सुरुवाती गोल गरेका थिए।।

अनुभवी स्ट्राइकर जिरुडले ५७ औँ मिनेटमा दोस्रो गोल गरे भने जुनियो मेसियसले इन्जुरी समयमा सोलो गोल गर्दै मिलानलाई ४-० जित दिलाए।

जितसँगै मिलान समूह ‘ई’मा चेल्सीपछि उपविजेताको रुपमा अर्को चरणमा गएको छ। अस्ट्रियाको साल्जबर्ग तेस्रो स्थानमा रहेर युरोपा लिगमा प्रवेश गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell