PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सर्जरी गर्नुपर्ने भएपछि टोटेनहम फरवार्ड सनको वर्ल्डकप यात्रा अनिश्चित



पहिलोपोस्ट

सर्जरी गर्नुपर्ने भएपछि टोटेनहम फरवार्ड सनको वर्ल्डकप यात्रा अनिश्चित
Photo: REX

टोटेनहम हट्स्परका फरवार्ड सन ह्युङ-मिनको देब्रे आँखा वरिपरीको फ्र्याक्चरलाई स्थिर बनाउन शल्यक्रिया आवश्यक भएको छ। योसँगै विश्वकपमा उनको उपस्थिति अनिश्चित बनेको छ

मंगलवार च्याम्पियन्स लिगमा मार्सेलीविरुद्ध टोटेनहमको २-१ को जितमा ३० वर्षीय सन घाइते भएका थिए।

‘शल्यक्रिया पछि सनले हाम्रो मेडिकल स्टाफसँग रिहाबिलिटेसन सुरु गर्नेछन् र हामी समयमै समर्थकहरूलाई थप अपडेट गर्नेछौँ,’ स्पर्सको विज्ञप्तिमा भनिएको छ।

विश्वकपमा दक्षिण कोरियाले पहिलो खेल २४ नोभेम्बरमा उरुग्वेसँग खेल्नेछ।

टोटेनहमले सनको शल्यक्रिया कहिले हुन्छ र उनी कति समयको लागि रेस्टमा रहनेछन् भन्ने बारे कुनै समयावधि खुलाएको छैन।

२०२१ को च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुइनको नाक र आँखाको सकेट भाँचिएको थियो तर १९ दिनपछि ढिलो गरी सुरु भएको २०२० को युरोपियन च्याम्पियनसिपमा बेल्जियमका लागि खेलेका थिए।

सनले आगामी विश्वकपमा पोर्चुगल, घाना र उरुग्वेसँगै समूह ‘एच’मा रहेको आफ्नो देश कोरियाका लागि १०४ खेलमा ३५ गोल गरेका छन्।

सन घाइते हुनु स्पर्सको लागि झट्का हो, उसले आइतवार प्रिमियर लिगमा लिभरपुलसँग खेल्दैछ।

यस सिजनमा सनको फर्ममाथि प्रश्न उठाइएको भएपनि उनले सेप्टेम्बर १७ मा लेस्टर सिटीलाई ६-२ ले हराउँदा सब्स्टिच्युटको रूपमा आएर ह्याट्रिक गरेका थिए भने १२ अक्टोबरमा च्याम्पियन्स लिगमा फ्रान्कफर्टविरुद्ध दुई पटक गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell