PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

१०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाउँदै निर्वाचन आयोग



पहिलोपोस्ट

 १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाउँदै निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ।

आयोगले तय गरेका यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरणसमेत दिइने छ।

यस्तै, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, गरिने आयोगले जनाएको छ।

अपाङ्गता भएका व्यक्तिका लागि केन्द्रमा टेबुल तथा कुर्सीको व्यवस्था पनि गरिने आयोगले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell