PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पुर्टो रिको बिच विवाह



पहिलोपोस्ट

पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पुर्टो रिको बिच विवाह

पूर्व मिस अर्जन्टिना मरिएना मरेला र पूर्व मिस पुर्टो रिको फाबिओला भ्यालेन्टिनले आफूहरुले विवाह गरेको घोषणा गरेका छन्।

इन्स्टाग्राममा तस्विर राख्दै उनीहरुले विवाहको खबर सार्वजनिक गरेका हुन्।

मरेला र भ्यालेन्टिनको भेट सन् २०२० मा भएको थियो। थाइल्यान्डमा भएको मिस ग्रान्ड इन्टरनेशनलमा उनीहरु पहिलोपटक भेटेका थिए। उनीहरु दुवैजना सो प्रतियोगिताको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए। त्यसपछि उनीहरु राम्रो साथी बनेका थिए। सामाजिक संजालमा उनीहरुले एकअर्कासँगको तस्विर राख्दै आएका थिए। तर, उनीहरु सम्बन्धमा रहेको बारे सार्वजनिक रुपमा थाहा दिइएको थिएन।

उनीहरुबिच अक्टोबर २८ मा पुर्टो रिकोको सान जुयानमा भएको थियो। सुरुमा आफ्नो सम्बन्धबारे सार्वजनिक गर्ने प्रतिबद्धता रहेको र अहिले सबैसँग साझा गर्ने निर्णयमा पुगेको उनीहरुले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell