PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

'कान्तारा' ले एक महिनामा कति कमायो?



पहिलोपोस्ट

'कान्तारा' ले एक महिनामा कति कमायो?

दक्षिण भारतीय फिल्म ‘कान्तारा’ ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ। प्रदर्शन भएको एक महिनामा फिल्मले ३ सय करोड भारतीय रुपैयाँको कलेक्सन गरेको भारतीय सञ्चारमाध्याममा उल्लेख छ।  

यो फिल्म गत ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भएको थियो। व्यावसायिक तथा समीक्षात्मक हिसाबले सफल भएसँगै १४ अक्टोबरदेखि हिन्दी भर्सन प्रदर्शन भएको थियो। र, सँगै कमाईमा लगातार वृद्धि भइरहेको छ। साथै फिल्मले विश्वभर सकरात्मक प्रतिक्रिया समेत बटुलिरहेको छ।

ट्रेड एनालिस्ट रमेश बालाले कान्ताराले हालसम्म विश्वभरबाट ३०५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको बताएका छन्। १६ करोड बजेटमा बनेको कान्तारा ३०० करोड भारतीय  रुपैयाँभन्दा बढी कमाउने दोस्रो कन्नड फिल्म हो। पहिलो फिल्म भने ‘केजीएफ २’ हो।

कान्ताराले हिन्दी बेल्टमा समेत कब्जा जमाइरहेको छ। तिहारमा रिलिज भएको अक्षय कुमारको ‘राम सेतु’ र अजय देवगनको ‘थ्याङ्क गॉड’ भन्दा कान्ताराको व्यापार राम्रो हुन्छ। कान्ताराको हिन्दी भर्सनले हालसम्म ५० करोड भारतीय रुपैयाँ कलेक्सन गरिसकेको छ।

फिल्म कन्तारा’लाई ‘केजीएफ २’ का निर्माताले निर्माण गरेका हुन्। ऋषभ शेट्टीद्वारा लिखित र निर्देशित ‘कान्तारा’ एक पीरियड-एक्शन थ्रिलर हो जसले कम्बला र बुटा कोलाको परम्परागत संस्कृतिलाई प्रस्तुत गर्छ। फिल्ममा ऋषभका साथै किशोर, अच्युत कुमार, सप्तमी गौडा र प्रमोद शेट्टीको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell