
अस्ट्रेलिया टी २० विश्वकप अन्तर्गतका खेलहरु जारी छन्। बुधवारको खेलमा भारतले बंगलादेशमाथि जित निकाल्यो। पाकिस्तानसँगको खेलमा जस्तै भारतले हिजोको खेलमा पनि अन्तिम बलसम्म संघर्ष गरेर जित निकालेको थियो।
वर्षाले बाधित खेलमा 'डकवर्थ लुइस' नियम अनुसार खेल छोट्याइएको थियो। त्यसअघि भारतले सुरुवाती ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशका लिटोन दासले आक्रामक ब्याटिङ गर्दै सानदार सुरुवात दिलाएका थिए। तर, खेलमा वर्षाले बाधा पुर्यायो। पछि खेल सुरु भयो १६ ओभरमा छोट्टिएर। बंगलादेशलाई नयाँ लक्ष्य १५१ रनको लक्ष्य मिलेको थियो। तर, निर्धारित ओभर सकिँदा १४५ रनमा समेटियो बंगलादेश।
विश्वकप ताका फर्ममा फर्किएका विराट कोहलीले हिजोको खेलमा भारतीय टोलीको मेरुदण्ड सावित हुँदै ४४ बलमा ६४ रन बनाए। उनले यही खेलबाट श्रीलंकाली खेलाडी जयवर्धनाको कीर्तिमान पनि तोडे।
लिटोन दास आउट भएपछि बंगलादेशका विकेट किपर नुरुल हसन 'सोहन'ले पारि अघि बढाए। तर बंगलादेश जित्न सकेन।
खेल सकिएपछि भने लिटोनले कोहलीमाथि 'फेक फिल्डिङ'को आरोप लगाएका छन्।
' हामी सबैले देख्यौं, मैदान चिसो थियो। यदि हामी सबै विषयमा चर्चा गर्छौं भने हामीले भन्नै पर्छ म्याचमा एउटा 'फेक थ्रो' पनि थियो। पेनाल्टीको रुपमा हामीलाई पाँच रन मिल्न सक्थ्यो। यो हाम्रोलागि फाइदाको विषय हुने थियो, तर यसो भएन।' नुरुलले खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने।
क्रिकेटमा अफेयर प्लेको नियम ४१.५ अनुसार ब्याट्सम्यानको जानीजानी ध्यान भड्काउन, धोका दिन या बाधा पुर्याउन पाइँदैन। यदि अम्पायरलाई त्यस्तै लागेको खण्डमा उक्त बललाई डेड बल घोषित गर्दै ५ रन दिन सक्छ। तर, बुधवारको खेलमा त्यसो भएन।
Fake fielding. 5 run penalty. Missed by umpires. Of course. https://t.co/KgRBHz9jv3
— Dennis Fake Fielding (@DennisCricket_) November 2, 2022
म्याचको क्रममा सानदार फर्ममा रहेका लिटोन दास २४ बलमा ५६ रन बनाएर खेलिरहेका थिए। सातौं ओभरमा अक्षर पटेलको दोस्रो बलमा उनले स्वीपर बाउन्ड्रीमा कट हाने। पहिलो रन सजिलै लिएका उनी दोस्रो रनका लागि दौडिए। ३० गतको घेरामा उभिएको कोहलीले नन स्ट्राइक एण्डमा बल फ्याँकेजस्तो एक्टिङ गरिरहेको देखिए। ठीक त्यतिबेला अश्रदीप सिंह विकेट किपरलाई बल फ्याँकिरहेका थिए।
Law 41.5.1 states: "It is unfair for any fielder wilfully to attempt, by word or action, to distract, deceive or obstruct either batsman after the striker has received the ball."#T20WorldCup | #BANvIND pic.twitter.com/Ej8XRAqrHo
— KAZI TAJKIR HOSSEN (@TajkirHossen14) November 2, 2022
नियम अनुसार ब्याट्सम्यानको ध्यान भड्काउन पाइँदैन। तर, के कोहलीको व्यवहारले बंगलादेशी ब्याट्सम्यानको ध्यान भड्काएको थियो? दोस्रो रन लिँदै गर्दै दुबै बंगलादेशी ब्याट्सम्यान 'कन्फ्युज्ड' भएजस्तो भिडियोमा देखिँदैनन्।
साँच्चै नियम उल्लंघन भएको हो?
सामाजिक सञ्जालमा खासगरी बंगलादेशी समर्थकहरु फेक फिल्डिङ भनिएको भिडियो शेयर गर्दै आलोचना गरिरहेका छन्।
'कोहलीले फेक फिल्डिङको सहायतामा ब्याट्सम्यानहरुको ध्यान भड्काएको देखिन्छ। नियमअनुसार भारतलाई ५ रनको पेनाल्टी लाग्नु पर्ने हो। तर अम्पायरले केही गरेनन्,' बंगलादेशका क्रिकेट विश्लेषक नाजमुल चौधरीले ट्वीटरमा लेखेका छन्।
कार्तिक नाम गरेका भारतीय समर्थक लेख्छन्: व्यक्तिगत रुपमा म फेक फिल्डिङमा पेनाल्टीको पक्षमा छैन। तर, पक्कै पनि त्यो फेक फिल्डिङ नै थियो।
Fake fielding. 5 run penalty. Missed by umpires. Of course. https://t.co/KgRBHz9jv3
— Dennis Fake Fielding (@DennisCricket_) November 2, 2022
त्यस्तै पाकिस्तानी समर्थकहरु पनि यसमा जोडिएका छन्। मिल्वाह उद्दीन भन्न एकजना समाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन: यो फेक फिल्डिङ थियो, जसलाई अम्पायरले नजर अन्दाज गरिदिए।
यो म्याचमा न्युजिल्याण्डका क्रिस ब्राउन र दक्षिण अफ्रिकाका मार्कस इरसमसले अम्पायरिङ गरेका थिए। पाकिस्तानी पत्रकार एहतिसान उल हकले अम्पायरहरुले तस्बिर शेयर गर्दै लेखेका छन्: सेमिफाइनलका लागि भारतलाई बधाइ।