PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

चर्चामा अन्नयाको 'पु' लुक, करिनाले 'फ्याब' भन्दा पाइनन् दर्शकको समर्थन



पहिलोपोस्ट

चर्चामा अन्नयाको 'पु' लुक, करिनाले 'फ्याब' भन्दा पाइनन् दर्शकको समर्थन
Photo : Oneindia Hindi

भारतका युवा सेलिब्रेटीहरुले केहीदिन अघि ह्यालोविन मनाए। आर्यन खानदेखि जानवी कपुरसम्म सो कार्यक्रममा पुगे। उनीहरुको ह्यालोविन लुक कैद गर्न फोटोपत्रकार र पापाराजीहरु धेरै संख्यामा कार्यक्रमस्थलमा थिए। त्यही कार्यक्रममा पुगेकी थिइन् अभिनेत्री अनन्या पाण्डे पनि।

सो कार्यक्रममा पाण्डे 'बेबो' अर्थात 'करिना कपुर'को 'पु' लुकमा पुगेकी थिइन्। 'कभी खुसी कभी गम' मा 'पु' ले लगाएको पहिरन नै लगाएर पाण्डे ह्यालोविनमा पुगेकी थिइन्।

उनी 'पु' लुकमा पुगेको विषयलाई धेरैले ट्रोलसमेत बनाए। केहीले उनले करिनाको अवतारलाई न्याय दिन नसकेको तर्क गरे। तर, स्वयम् करिना कपुरले भने अनन्याको लुकलाई भने राम्रो भनेकी छिन्।

अनन्याको भिडियो सेयर गरेर करिनाले 'फ्याब' लेखेकी छिन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Ananya 💛💫 (@ananyapanday)

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell