PahiloPost

Jul 5, 2025 | २१ असार २०८२

आर्टुडियोले 'भित्ते कला उत्सव' आयोजना गर्ने



पहिलोपोस्ट

आर्टुडियोले 'भित्ते कला उत्सव' आयोजना गर्ने

काठमाडौं: आर्टुडियोले समावेशीकरण र समानता विषय केन्द्रित ‘भित्ते कला उत्सव’ आयोजना गर्ने भएको छ। अमेरिकी राजदूतावाससँगको सहकार्यमा गर्न लागेको उत्सव काठमाडौं र जनकपुरमा संचालन हुनेछ।

आर्टुडियोले भित्ते चित्रकला उत्सवको घोषणाका साथै समावेश हुन नेपाली कलाकारहरुलाई खुल्ला आह्वान समेत गरेको छ। भित्ते कला परियोजना २०२२ नाम दिइएको कार्यक्रमका लागि १८ देखि ४० वर्षसम्मका कलाकारहरु, म्युरलिस्ट, सडक/ग्राफिटी कलाकार, लोक परम्परागत कलाकार तथा आदिवासी सृजनात्मक अभ्यासकर्ताले १३ नोभेम्बरसम्म आवेदन दिन पाउनेछन्।

दुई चरणमा छनोट भएका कलाकारहरुलाई क्युरेटोरिअल मध्यस्थतामा विभिन्न कलात्मक गतिविधिसहित जनकपुर र काठमाडौंमा भित्ते चित्र सिर्जनामा सहभागी गराइनेछ। सम्पूर्ण कलाकारका अवधारणा चित्रमध्ये १० विशिष्ट कला अवधारणा छनोट गरिनेछन्।

सामाजिक विविधता र पहिचानसहित ऐतिहासिक विरासत बोकेको कला भएकोले भित्ते चित्रकलालाई समसामयिक सन्दर्भमा प्रवर्द्धन गर्न र उत्प्रेरित गर्न यो परियोजनाको परिकल्पना गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सामाजिक परिवर्तनका लागि प्रेरित गर्न तथा समावेशीकरण र समानताका प्रमुख मुद्दाहरूमा महत्वपूर्ण सार्वजनिक संवाद स्थापना गर्न भित्ते चित्रकलाको प्रयोग गर्न लागिएको आयोजकको भनाइ छ। शहरका सार्वजनिक खाली भित्ताहरुमा सिर्जना गर्ने र उजाड भित्ताहरुको मुहार पनि फेर्ने गर्ने गरी कार्यक्रमको परिकल्पना गरिएको आर्टुडियोका संस्थापक, कलाकार तथा परियोजना क्युरेटर कैलाश के श्रेष्ठले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell