काठमाडौं : स्कुल बसको झ्यालबाट टाउको निकाल्दा घाइते भएका बालकको मृत्यु भएको छ।
बुधवार दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर २ लाजिम्पाटस्थित बेष्ट इलेमेन्ट्री मन्टेस्वरी स्कुलको कक्षा ५ मा अध्यनरत १३ वर्षीय विद्यार्थीको मृत्यु भएको हो।
स्कुल छुट्टी भएपछि घर फर्किने क्रममा स्कुलको बा १ क ४६४२ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोकिन पुगी घाइते भएका थिए। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरी टोलीले बा १ क ४६४२ नम्बर बस र उक्त बस चालक रोशन अधिकारीलाई नियन्त्रणमा लिइएको छ।