PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

संवैधानिक व्यवस्थालाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीमा जोड



पहिलोपोस्ट

संवैधानिक व्यवस्थालाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीमा जोड

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर वाचा पत्र सार्वजनिक गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पार्टीका सभापति रवि लामिछानेसँगै वाचा पत्र निर्माण टोलीमा संलग्न टोलीहरुले पत्र सार्वजनिक गरेका हुन्।

हाल संविधानमा रहेको व्यवस्थाभन्दा फरक व्यवस्थाको परिकल्पना गर्दै वाचा पत्र तयार गरिएको छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाको वकालत गर्दे पार्टीले राष्ट्रपति पदलाई गैर राजनीति व्यक्तिलाई बनाउने जनाएको छ। यस्तै, राष्ट्रियसभा अध्यक्ष पदेन उपराष्ट्रपति रहने व्यवस्था गर्ने वाचा पत्रमा उल्लेख छ।

यस्तै, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री गर्ने र प्रदेश प्रमुख खारेज गर्ने उल्लेख छ। यस्तै,  प्रदेश परिषद् र अधिकारसम्पन्न राष्ट्रिय समानुपातिक प्रवर्द्धन आयोगको पनि परिकल्पना गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell