
काठमाडौं : तामाङ सेलो गायक योगेश लामा, चर्चित गायिका ईन्दिरा गोलेको स्वर रहेको ल्होछार गीत सार्वजनिक भएको छ। अन्जान तामाङ र सिमा लामाकोसमेत स्वर रहेको 'हाम्रो त पूर्खाले' बोलको गीतमा सिमा लामा ब्लोन र भुमन सिङ्गी लामाको प्रस्तुति रहेको छ।
भुमन सिङ्गी लामा र योगेश लामाको शब्द रहेको गीतको म्युजिक भिडियोलाई बुद्ध लामाले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा अमिर दोङ, सुस्मा मोक्तानलगायतको अभिनय रहेको छ।