PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

चार हजार रूपैयाँ घुससहित प्रहरी वरिष्ठ नायव निरीक्षक पक्राउ



पहिलोपोस्ट

चार हजार रूपैयाँ घुससहित प्रहरी वरिष्ठ नायव निरीक्षक पक्राउ

जनकपुरधाम : धनुषाको सिमा प्रहरी कार्यालय जटहीका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक देवकीलाल चौधरी घुससहित पक्राउ परेका छन्। चौधरीलाई  चार हजार रूपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए।

उनलाई जिल्लाको नगराईन नगरपालिका वडा नम्बर २ जटहिस्थित विनायक ईन्टर प्राईजेज (मदिरा पसल)बाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell