PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

मकवानपुरका ७९ मतदानस्थल संवेदनशील



पहिलोपोस्ट

मकवानपुरका ७९ मतदानस्थल संवेदनशील
फाइल फोटो

हेटौंडाः मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मकवानपुरका ७९ मतदानस्थल संवेदनशीलको सूचीमा राखिएको छ। दुई संघीय र ४ प्रदेश सभा क्षेत्रका १६७ मतदानस्थलमा १९ अति संवेदनशील निर्वाचन क्षेत्र र ६० संवेदनशील क्षेत्र पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।

पाण्डेले अति संवेदनशील १९, संवेदनशील ६० र सामान्य ८८ मतदानस्थल निर्वाचन क्षेत्रहरूको पहिचान गरेर निर्वाचन मतदान स्थलको सुरक्षा सुरु गरिएको बताए। प्रमुख पाण्डेले जिल्लाको मतदान स्थलको अवस्था, भूगोल, सञ्चारको सम्पर्कताको आधारमा क्षेत्रहरुको पहिचान गरिएको र अति संवेदनशील क्षेत्रमा नेपाली सेना खटाइएको बताए।

प्रमुख पाण्डेले जिल्लाको १० वटै स्थानीय तहको निर्वाचन स्थलहरुमा सेना र सशस्त्र प्रहरी बल खटाउन सुरु गरिएको प्रहरी सुरक्षा पनि केहि दिनपछि खटाउने तयारी रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell