PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार, घटनाको विरोधमा कराचीमा हिंसात्मक प्रदर्शन



पहिलोपोस्ट

पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार, घटनाको विरोधमा कराचीमा हिंसात्मक प्रदर्शन
Photo: news.sky.com

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। बिहीबार वाजिरावादको अल्लाह वाला चोकमा जुलुससहित पुगेका खानलाई लक्षित गरेर गोली प्रहार भएको हो।

आक्रमणमा खानको खुट्टामा गोली लागेको छ। हाल उनको उपचार भइरहेको छ। इमरानको खुट्टामा ३ देखि ४ पटक गोली हानिएको बताइएको छ।

आक्रमणमा इमरानको पार्टीका अन्य ६ जना घाइते भएको र एक जनाको मृत्यु भएको छ। प्रहरीले अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको स्थानीय सञ्‍चार माध्यमहरुले जनाएका छन्।

खानको हत्या प्रयास भएको भन्दै कराचीलगायतका शहरमा अहिले हिंसात्मक प्रदर्शन भइरहेको छ।

सैन्य इलाकामा प्रवेश गरेका इमरानको पीटीआई पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खानमाथि भएको आक्रणमको निन्दा गरेका छन्। यस्तै भारतले घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell