PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

फ्राइडे रिलिज : बलिउड फिल्म ‘फोन भूत’ सँग भिड्दै ‘लाखे’



पहिलोपोस्ट

फ्राइडे रिलिज : बलिउड फिल्म ‘फोन भूत’ सँग भिड्दै ‘लाखे’

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘लाखे’ र बलिउडतर्फ फिल्म ‘फोन भूत’ रिलिज भएका हुन्। बलिउड फिल्म रामसेतु* पनि आज रिलिज हुने भनिएको थियो। तर, अन्तिम समयमा सिनेमा हलमा फिल्म प्रदर्शन भएन।

सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’मा सम्राट बस्नेतको निर्देशन रहेको छ। ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन्। कथासमेत निर्माता अर्यालकै रहेको छ।

फिल्ममा सौगातका साथै अर्पन थापा, अनुपविक्रम शाही, आर्यन अधिकारी, वर्षा राउत, सुशिल सिटौला, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ।

कमेडी हरर जनरामा बनेको फिल्म ‘फोन भूत’मा कट्रीना कैफ, सिद्धान्त चतुर्वेदी र इशान खट्टर, ज्याकी श्राफ, निधि विष्ट, केदार शन्कार, मनुज शर्मालगायत कलाकारको अभिनय छ। गुरमीत सिंह निर्देशित यस फिल्मको कथा रवि शङ्कर र जस्भिन्दर सिंहले लेखेका हुन्।

अक्षय कुमार अभिनित रामसेतु प्रदर्शन हुने भनिए  पनि सेन्सर पास नहुँदा सो फिल्म आज प्रदर्शनमा आएन।* 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell