PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

‘संविधान रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई मत’



पहिलोपोस्ट

‘संविधान रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारलाई मत’

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार प्रकाशमान सिंहले संविधान रक्षा गर्नका लागि बनेको सत्ता गठबन्धनलाई मंसिर ४ को चुनावमा मत दिनुपर्ने बताएका छन्।

काठमाडौंमा आज बिहान भएको कार्यक्रममा सिंहले संविधान रक्षा, राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन आग्रह गरेका थिए।

‘आर्थिक विकासको तीव्र इच्छा र आकांक्षा सबैमा छ। यो पूरा गर्न मंसिर ४ मा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिनुहोस्’, उनले भने, ‘शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि अहिलेको गठबन्धन आवश्यक छ।’

संविधान रक्षा र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लोकतान्त्रिक-वाम गठबन्धनको आवश्यक रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell