PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

हिमाल आरोहणका लागि १३ सय भन्दा बढी विदेशीले लिए स्वीकृति



पहिलोपोस्ट

हिमाल आरोहणका लागि १३ सय भन्दा बढी विदेशीले लिए स्वीकृति

काठमाडौं : पर्यटन विभागले नोभेम्बरसम्म १ हजार ३०० जना भन्दा बढी विदेशी पर्यटकलाई हिमाल आरोहणका लागि स्वीकृति दिएको छ। विभागले सार्वजनिक गरेको नोभेम्बर २ तारिखसम्मको विवरण अनुसार विभिन्न अन्तर्राष्ट्रिय मुलुकका १ हजार ३६० जना विदेशी पर्यटकलाई हिमाल आरोहणको अनुमति दिइएको हो।

हिमाल आरोहणका लागि नेपाल आइरहेका ७७ वटा मुलुकमध्ये अमेरिकाबाटआउने पर्यटकको संख्या धेरै रहेको छ। कूल १ हजार ३६० मध्ये १३२ जना अमेरिकी हिमाल आरोहणका लागि नेपाल आएका विभागले तयार पारेको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकापछि फ्रान्सबाट आउने पर्यटकको संख्या धेरै छ। विभागका अनुसार फ्रान्सबाट ११९ जना पर्यटक आएका छन्।  कोभिड १९ संक्रमण नियन्त्रणमा आएसँगै हिमाल आरोहण गर्ने पर्यटकको संख्या उल्लेख्य वृद्धि हुँदै आएको विभागले जनाएको छ।

यो सिजनमा हिमालआरोहण गर्ने पर्यटकको माग वृद्धि भएसँगै हेलिकप्टर उद्योग पूर्ण संचालनमा आइरहेको व्यवसायीले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell