PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

चाबहिलमा गगनको घरदैलो : गणेशस्थानमा पूजा, मतदाताले सुनाए बाटो र ढलको समस्या

चाबहिलमा गगनको घरदैलो : गणेशस्थानमा पूजा, मतदाताले सुनाए बाटो र ढलको समस्या

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजबाट घरदैलो अभियान सुरु गरेका छन्। काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले चाबहिल गणेशस्थानमा पूजा गरेर घरदैलो सुरु गरे हुन्।

आज बिहानैबाट सुरु भएको घरदैलो गणेशस्थान मन्दिर वरिपरिका क्षेत्रमा केन्द्रित थियो। २०७४ सालको निर्वाचनमा पनि थापा यही क्षेत्रबाट विजयी भएका थिए।

घरदैलोका क्रममा सबैलाई हात जोडेर नमस्कार गर्दै हिँडेका गगनलाई मतदाताहरुले पूर्वाधार विकासका बारेमा प्रश्न गरेका थिए। बाटो निर्माण नभएको, ढलको समस्या भएको भन्दै मतदाताहरुले गगनसँग गुनासा राखेका थिए।

घरदैलोका क्रममा धेरै स्थानमा गगनसँग तस्विर खिच्ने र सेल्फी लिनेको पनि घुइँचो थियो।

सो क्षेत्रमा नेकपा एमालेबाट राजन भट्टराई उम्मेदवार छन्।



ट्रेन्डिङ पोस्ट

Ncell