PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

हरर थ्रिलर फिल्म ‘चि मुसी चि’ को प्रदर्शन मिति तय



पहिलोपोस्ट

हरर थ्रिलर फिल्म ‘चि मुसी चि’ को प्रदर्शन मिति तय

काठमाडौं : हरर थ्रिलर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’को प्रदर्शन मिति घोषणा भएको छ। यो फिल्म आगामी पुस १५ गतेबाट सिनेमाहलमा रिलिज हुनेछ।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय छ।

फिल्मको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन्। रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्तीले फिल्ममा लगानी गरेका छन्। फिल्मको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell