PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

अग्रगमन र प्रतिगमनबिचको लडाइँको फैसला मंसिर ४ मा हुन्छ : प्रचण्ड



पहिलोपोस्ट

अग्रगमन र प्रतिगमनबिचको लडाइँको फैसला मंसिर ४ मा हुन्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर ४ गते हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताएका छन्।

प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ का उम्मेदवार रहेका दाहाले आज याङ्कोटमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताएका हुन्।

'मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएका छन्', उनले भने, 'त्यस्ता गठबन्धनलाई जनताले चिन्नुपर्छ।'

आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न उनले अपिलसमेत गरेका छन्।

'अहिलेको निर्वाचन अन्य निर्वाचन जस्तो सामान्य छैन', उनले भने, 'गणतन्त्र र संविधान स्वीकार गर्ने तथा गणतन्त्र र संविधान विरोधीको लडाइँ छिनोफानो गर्ने निर्वाचन हो।'

संविधान निर्माणपछि देश स्थायित्वमा जान्छ भन्ने ठानेर केही गणतन्त्र विरोधीलेले संविधानविरुद्ध गतिविधि गरेपछि वाम–लोकतान्त्रिक गठबन्धन बनेको दाहालको भनाइ थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell