PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

रामकुमारीलाई प्रतिस्पर्धी नै मान्दैनन् गोकर्ण, 'खुद्रा पसल चुनावपछि पूर्ण रूपमा बन्द हुन्छ'



पहिलोपोस्ट

रामकुमारीलाई प्रतिस्पर्धी नै मान्दैनन् गोकर्ण, 'खुद्रा पसल चुनावपछि पूर्ण रूपमा बन्द हुन्छ'

बुटवल : नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मीमा आफ्नो प्रतिष्पर्धी उम्मेदवार कोही नभएको बताएका छन्। गुल्मी–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका विष्टले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचनपछि नेकपा एकीकृत समाजवादीको राजनीतिक भविष्य सकिनेसमेत बताए। सो क्षेत्रमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री उम्मेदवारी छिन्। 

‘नेकपा एसको राजनीतिक भविष्य छैन। पार्टीबाट देशभर एमालेमा फर्किने क्रम निरन्तर बढदै गएको छ। खुद्रा पसल चुनावपछि पूर्ण रूपमा बन्द हुन्छ,’ झाँक्रीलाई लक्षित गर्दै विष्टले थपे, ‘पर्यटन प्रवर्द्धन गर्न गाउँ डुले जस्तै गरेको देखेको छु। सांसद हुँदा १० हजार बजेट कही हालेको प्रमाण छैन। हामीले अगाडि बढाएका आयोजनालाई देखाएर चुनाव प्रचार गरिँदैछ। सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग तुलना हुँदैन। गुल्मीबासी सबै हेक्का राखेका छन।’

स्थानीय तहमा ५६७ मत ल्याएको पार्टीसँग आफ्नो कुनै प्रतिष्पर्धा नहुने विष्टको भनाइ थियो। विष्टले एमालेले निर्वाचनमा बहुमत ल्याउने पनि दाबी गरे। एमालेको बहुमत देशको लागि आवश्यक रहेको भन्दै त्यही अनुसार देशभर चुनावी माहोल बनेको विष्टले दाबी समेत गरे।

गरिबी, बेरोजगारीबाट जनतालाई माथि उठाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै उनले सही पार्टी र उम्मेदवारलाई छनौट गर्न मतदातालाई आग्रह गरेका छन्।

‘हाम्रो पार्टी समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई पूरा गर्न हामी अभियानमा जुटेका छौं त्यही अनुसार जनता पनि उत्साहित भएर चुनावमा लाग्नुभएको छ,’ विष्टले भने।

विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरु पूर्ण कार्यान्वनमा आउने दाबी गरेका छन्। आफूले अगाडि सारेका विकास आयोजना गुल्मीको विकासमा महत्वपूर्ण रहेको विष्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell