PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रधानमन्त्री कप: सुदूरपश्चिम प्रदेशमाथि आर्मीको फराकिलो जित



पहिलोपोस्ट

प्रधानमन्त्री कप: सुदूरपश्चिम प्रदेशमाथि आर्मीको फराकिलो जित
फाइल फोटो क्यान

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशमाथि जित निकालेको छ। समूह 'ए'को खेलमा विभागीय टोली आर्मीले सुदूरपश्चिम प्रदेशमाथि १६९ रनको फराकिलो जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो। आर्मीका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ७३ रन बनाउँदा रोहित पौडेलले ५२ तथा कुशल मल्लले ४३ रन बनाए। त्यस्तै भीम सार्कीले ३४, बिनोद भण्डारीले २८ तथा सोनु तामाङले १६ रन बनाउँदा विक्रम सोब १५ रनमा अविजित रहे।

बलिङर्फ सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहोराले समान २ विकेट लिँदा शेर मल्ल र मिलन बोहोराले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम ११३ रनमा समेटियो। सुदूरपश्चिमका लागि वसन्त खत्रीले सर्वाधिक २५ रन बनाउँदा नारायण जोशीले १९, गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए। सुदूरपश्चिमलाई लक्ष्यसम्म पुग्न नदिन जितेन्द्र मुखियाले सर्वाधिक ३ विकेट लिँदा विक्रम सोब र शाहब आलमले समान २ विकेट लिए। त्यस्तै शुसन भारी र सोनु तामाङले समान १ विकेट लिए।

पहिलो खेलमा पराजय ब्यहोर्दै प्रतियोगिताको सुरुवात गरेको आर्मीको यो पहिलो जित हो। सुदूरपश्चिमको भने यो लगातार तेस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell