PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुटवल : पाल्पामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्याङ्जाको चापाकोट नगरपालिका ५ बस्ने ४१ वर्षीय मोहनप्रसाद पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

शुक्रबार दिउँसो साढे २ बजे पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सा स्थित सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ आउँदै ग १६ प १४८६ नम्बरको मोटरसाईकललाई बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको प्रवक्ता थापाले बताए। बस र चालकलाई नियन्त्रणमा लिएर दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell