PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

एपीएफ र गण्डकीबीचको म्याच टाइ



पहिलोपोस्ट

एपीएफ र गण्डकीबीचको म्याच टाइ
फाइल फोटो क्यान

काठमाडौं: प्रधानमन्त्री कप अन्तर्गत आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफ र गण्डकी प्रदेशबीचको म्याच टाइ भएको छ। समूह 'ए' को खेलमा दुबै टोलीले ११५ रन बनाउँदा दुबै टोलीले अंक बाँडेका हुन्।

टस हारेर ब्याटिङमा उत्रिएको एपीएफले ३५.१ सबै विकेट गुमाउँदै ११५ रन बनाएको थियो। एपीएफका लागि भुवन कार्कीले सर्वाधिक अविजित २४ रन बनाउँदा पुरन बिकेले २३ तथा लोकेश बम र सुन्दिप जोराले समान २२ रन बनाए। बलिङतर्फ गण्डकीका अर्जुन कुमाल र अमृत गुरुङले समान ३ विकेट लिँदा सुवास भण्डारीले २ तथा चन्द्र पौडेल र विपिन खत्रीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गण्डकीको पनि ब्याटिङ सुखद हुन सकेन। अभिषेक बस्नेतले सर्वाधिक २४ रन बनाउँदा अर्जुन कुमालले १८, विपन खत्रीले १७ तथा कमल परियारले ११ रन बनाए। ३१ औं ओभरमा जितका लागि ६ रन चाहिएकोमा ओभरको अन्तिम बलमा कमल परियारले विकेट गुमाउँदा म्याट टाइ भएको हो।

बलिङतर्फ एपीएफका किशोर महतो र मौसम ढकालले समान ४ विकेट लिँदा भुवन कार्कीले २ विकेट लिए।

३ खेलबाट समान ५ अंक जोडेका एपीएफ र गण्डगी समूह 'ए'को शीर्ष दुईमा छन्। २ अंक जोडेको आर्मी तेस्रो स्थानमा रहँदा अंकविहीन कर्णाली र सुदूरपश्चिम तालिकाको चौथो र पाँचौं स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell