PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आजबाट डोटीमा मदिरा बिक्री वितरणमा रोक, निर्वाचनको अन्तिम परिणाम नआएसम्म जारी रहने



पहिलोपोस्ट

आजबाट डोटीमा मदिरा बिक्री वितरणमा रोक, निर्वाचनको अन्तिम परिणाम नआएसम्म जारी रहने

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरी डोटीमा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसार र बिक्री वितरण निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीले जारी गरेको सूचनामा मदिरा ओसारपसार, बिक्री वितरण र सेवन निषेध गरिएको छ।

'कात्तिक १९ गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणालीबमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री वितरण र सेवनमा निषेध गरिएको छ', सूचनामा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell