PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बागबजारमा चुनावको छुट्टै रौनक, व्यवसायीलाई राजनीतिक दलका झण्डा छाप्न भ्याइनभ्याइ

बागबजारमा चुनावको छुट्टै रौनक, व्यवसायीलाई राजनीतिक दलका झण्डा छाप्न भ्याइनभ्याइ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब मात्र १५ दिन बाँकी छ। दल र उम्मेदवारहरु अहिले चुनाव प्रचारप्रसारमा व्यस्त छन्। बिहानैदेखि घरदैलोमा व्यस्त छन् उम्मेदवारहरु।

निर्वाचन कार्यक्रमले तिब्रता पाउँदै गर्दा काठमाडौंको बागबजारलाई पनि निर्वाचनको उमंगले छोएको छ। उम्मेदवार र दलहरुलाई भन्दा फ्लेक्स प्रिन्ट व्यवसायीहरुलाई निर्वाचनले फाइदा पुर्‍याएको छ।  

बागबजारमा प्रिन्ट व्यवसाय संचालन गर्दै आइरहेका नरेश चौधरीले आफूहरु निर्वाचनका लागि राजनीतिक दलका झण्डा बनाउन एक महिनादेखि व्यस्त रहेको बताए।

'बिहान ७ बजेदेखि राति ११ बजेसम्म काम गरिरहेका छौं। ७-८ जनाको समूहलाई भ्याइनभ्याइ छ,' उनले भने।

उनकोमा उपत्यका बाहिरबाट झण्डाका लागि धेरै अर्डर आइरहेको छ।एक महिनामा ८० हजार वटा झण्डा बनाएको उनले सुनाए।

स्थानीय तह निर्वाचनको समयमा उनीहरुले क्याप र टिसर्ट पनि बनाएका थिए। तर, यसपटक निर्वाचन आयोगले कडाइ गरेका कारण झण्डामात्रै बनाएको उनले बताए।

बागबजारमा रहेका फ्लेक्स प्रिन्ट पसलहरुमा अहिले दिनको ५ हजार देखि ६ हजार झण्डा छपाइ भइरहेको व्यवसायीहरु बताउँछन्।



ट्रेन्डिङ पोस्ट

Ncell