PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

आयोगले दियो ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति



पहिलोपोस्ट

आयोगले दियो ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षणको अनुमति

काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई  निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए।

उनले देशभर स्वयम्सेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताए।

यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले ७५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ। इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले १६५ निर्वाचन क्षेत्र७य ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell