PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

प्रदेशमै ३० हजारलाई रोजगारी दिने जसपाको वाचा, अरु के भनेर माग्दै छ भोट?



पहिलोपोस्ट

प्रदेशमै ३० हजारलाई रोजगारी दिने जसपाको वाचा, अरु के भनेर माग्दै छ भोट?

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले २५-३० हजार नागरिकलाई प्रत्येक प्रदेशमा रोजगारी दिने वाचा गरेको छ। स्थानीय सरकारसँग सहकार्य गरेरर पाँच वर्ष भित्र रोजगारी सिर्जना गर्ने जसपाले प्रतिवद्धता जनाएको हो। काठमाडौंमा शनिवार घोषणा पत्र सार्वजनिक गरेको जसपाले यस्तो वाचा गरेको हो।

वैदेशिक रोजगारीमा जानेको संख्यालाई घटाउन तथा विदेशबाट फर्किएकालाई उद्यमी बनाउने पनि जसपाले वाचा गरेको छ।

 प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहेन जसपाले एजेण्डाका रुपमा अघि सारेको छ। बहुमतको सरकार र अल्पमतको विपक्षीको परम्परा नेपालमा असफल भएको जसपाले बताएको छ।

'सामानुपातिक प्रतिनिधित्व हुने संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख सहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्ने,' घोषणापत्रमा उल्लेख छ।

प्रतिनिधि सभाको निर्वाचनमा तालमेल गर्नुअघि सत्ता गठबन्धनमा रहेको जसपाले अरु दलहरुभन्दा पछि मात्रै घोषणापत्र सार्वजनिक गरेको हो। प्रतिनिधि सभाको १७ सिटमा तालमेल गरेर जसपाले एमालेसँग सहकार्य गरेको छ।

पढ्नुस जसपाको घोषणापत्र 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell